चैत१०, बागचाैर नगरपालिका वडा नं. १ गैराबेद करिब १३ घरधुरिमा विद्युत पुगेको छ। नगर प्रमुख जनकराज गाैतम द्वारा विद्युत उद्घाटन गरिएको हाे। विधुत लाइन विस्तार पछी स्थानीयहरु खुसी भएका छन।

विद्युत लाइन उद्घाटन गर्दै नगर प्रमुख जनकराज गाैतमले आफू निर्वाचित हुनुभन्दा पहिले जनता संग गरेका प्रतिबद्धताहरु पूरा गर्दै जाने बताउदै नगरपालिकाका सम्पूर्ण घरहरुमा अबकाे १ वर्ष भित्र पूर्णरुपमा विद्युतीकरण हुने बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरणकाे सहयोगमा नगरपालिकालाई पुर्ण विद्युतीकरण गर्ने लक्ष्य अनुसार हाल नगरपालिकामा प्राबिधिक टिमले सर्भेकाे काम गरिरहेको र सर्भेकाे काम सम्पन्न पश्चात् आवश्यक विद्युतीय सामान आउने नगर प्रमुख गाैतमले बताउनुभयो । नगरपालिकाले खानेपानी र विद्युत विस्तारकाे कामलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकाे उहाँको भनाइ छ ।

विद्युत उद्घाटन कार्यक्रममा नगर प्रमुख जनकराज गाैतम, नेपाली कांग्रेस वडा नं. १ सभापति गजेन्द्र केसि , विभिन्न राजनीतिक दलका नेता लगायत वडावासीहरुकाे उपस्थिति रहेको थियो ।