मंसिर ३

नेपाल शिक्षक संघ सल्यान र नेपाल शिक्षक संघ संघिय कार्य समितिद्वारा जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट प्रभावितहरुको लागि आर्थिक सहयाेग गरिएको छ।

राहत स्वरुप विपत व्यवस्थापन राहत काेषमा संघिय समितिले एक,एक लाख र जिल्ला कार्य समिति सल्यानले जाजरकोट लाई तीस हजार र रुकुम पस्चिमलाई पचिस हजार राहत रकम चेकमार्फत दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी ज्युलाई हस्तान्तरण गरियाेको नेपाल शिक्षक संघ सल्यान अध्यक्ष बाम देब अधिकारीले बताउनु भएको छ।

साथै मंसिर१ गते शुक्रबार प्रभावित क्षेत्रकाे दर्दनाक अबस्थाकाे अवलाेकन गर्दै। सामाजिक तथा मानविय कार्यमा लाग्नहुन सबैमा अनुराेध समेत गरिएको छ।