२१ कार्तिक २०८०

पछिल्लो समय धेरैजसो युवाहरु बैदेशिक रोजगारीका लागी बिदेश हिडीरहेका वेला सल्यान जिल्लामा जन्मियर दाङ जिल्लालाइ कर्म थलो बनाइरहेका एक युवा उधमि प्रसिद्ध डाँगी यतिबेला सयपत्री फुल खेतीमा रमाइरहेका छन ।

परिश्रम गरे आफ्नै देशमा पनि केहि गर्न सकिन्छ भन्ने एउटा गतिलो उदाहरण बनेकाछन डाँगी ।बिगतको बर्ष देखीनै सयपत्री फुलको खेती गरेरहेका डाँगी अहिले पनि १० कठ्ठा जग्गामा करिब ४००० चार हजार बोट रोपेर खेती गरिरहेको बताउछन् । कर्मा ५५५ जातको सयपत्री फुल रोपेर पुस्प खेतीमा रमाइरहेका डाँगीले गत बर्ष पनि राम्रो आम्दानी गर्न सफल भएका थिए ।

यस बर्ष पनि आफ्नो अर्का एक युवा उधमि शान्तिनगर ६ सुण्डबरीका इजन केसी सङ्ग पार्टनरीमा खेती गरीरहेका छन्।डाँगी र केसीले गरेको कर्मा ५५५ जातका सयपत्री फुलको माग देशका विभिन्न ठाउँ तथा ठुला शहर दाङ तुल्सिपुर, घोराही झापा,विराटनगर,नेपालगन्ज,धनगढि,काठमाडौ लगायत देशका बिभिन्न ठुला शहरहरुबाट आइरहेको बताउछन् ।

उनिहरु राज्यले आफुहरुको पुष्पखेतीको प्रचार प्रसार तथा उचित बजार ब्यबस्थापन तथा उचित मुल्य निर्धारण गरिदिय आफुजस्ता युवा ब्यवसायिको हौशला बढ्ने उनिहरुको आशारहेको छ ।