कार्तिक २० २०८०

जाजरकोट केन्द्रविन्दु भएर आज फेरी भुकम्प गएको छ ।भूकम्पको धक्का महशुस भएलगत्तै मानिसहरूको भागदौड मच्चिएको छ।

जाजरकोट केन्द्रविन्दु भएर ५.६ रेक्टर स्केलको भूकम्प गएको भारतीय भूकम्प मापन केन्द्रले जनाएको छ। भुकम्पको थप विवरण आउन बाँकी छ ।

गत शुक्रबार राति ठूलो भूकम्प गएपछि त्यसको पराकम्म जाने क्रम जारी छ। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ भने करिब २ सय जना घाइते भएका छन्।

पराकम्पहरू निरन्तर आइरहेपछि जाजरकोट र रुकुम पश्चिमका स्थानीयहरू त्रसित भएका छन्।