१९ कार्तिक २०८०
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बागचौरले दार्मा गाउँपालीकमा भुकम्प पिडित सदस्यहरुलाई भेटघाट तथा राहात कार्यक्रम गरेको छ ।
कार्तिक १७ गते राती गएको भुकम्पले दार्मा गाउँपालिकाको धेरै घरमा क्षेति पुगेको छ। दार्मा गाउँपालिकाको वडा नं ५,२,६ र १ मा भूकम्पले सबैभन्दा बढी क्षेति गरेको छ भने बस्नै नमिल्ने गरेर ३९८ बढी घर भत्केका छन् भने हजार भन्दा बढी घर चर्किएको छन।यस्तै वडा नं ६ मा २ जनाको निधन समेत भएको छ।
नेशनल लघुवित्त वित्तीय संस्थाले तत्कालका लागि अस्थायी आवासका लागि दुइजना सदस्य वडा नं १ सिमलपुर समुह नं २६की सदस्य सुधा कामी र वडा नं ५ समुह नं ९ सदस्य मंगली बि क लाई त्रिपाल दिइएको छ र वडा नं ६मा मृतक समुह नं ४१ सदस्य भुमिका शाहि मल्ल को घरमा चमल दाल नुन तेल आदी खाद्यान्न दिइएको छ ।धेरै भुकम्प पिडितलाई न्यानो ओढ्ने ओछ्यान ,कपडा अत्यन्तै आवश्यक देखिएको संस्थाले बताएको छ। सहयोग लागी गाउँ पालीकासँग समन्वय गरी गरिने निर्णय समेत गरिएको छ ।
आज घरदैलोमा भेटघाट कार्यक्रम लाई निरन्तर जोडेको छ । बागचौर शाखाको शाखा प्रमुख बमकृष्ण वलीले भन्नुभयो “नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड तपाईं सदस्यहरुको दुख पिडामा सधैं साथमा रहेको जुन सुकै अवस्थामा पनि साथमा रहिरहने जानकारी गर्दछौं।” उहांले बताउनुभयो ।
नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बागचौरको समुह नं ४१ की सदस्य दार्मा ६ मलिवाङ निवासी २५ वर्षीय भूमिका मल्ल र ४ वर्षका लेखनाथ मल्लको रुकुम आठविसकोट भूकम्पमा परी दुःखद निधन भएको थियो । उत्त सदस्यका घर परिवारलाई १९ गते एकथान त्रिपाल र रु ५०००० नगद काजक्रिया खर्च रकम यातायात तथा भौतिक पूर्वाधार मन्त्री प्रकास ज्वाला मार्फत हस्तान्तरण गरिएको छ। उत्त कार्यक्रम दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के सी ,उपाध्यक्ष जुन मल्ल ६ वडा अध्यक्ष देवी के सी तथा स्थानीय वासिन्दाको उपस्थित रहेको थियो। र थप सहयोग लागी गाउँपालिका मार्फत समन्वय गरि सहयोग गरिने वलीले बताउनुभयो ।