कात्तिक १३,
सल्यानको बागचौर नगरपालिकाकोको उच्च ठाँउ र प्रयटकीय स्थल मानिने परीलेख गाउँमा गाडी पुगेको छ
पहिलो पटक गाडी पुग्दा त्यहाँका स्थानियवासी हर्षित भएका छन् ।
बागचौर नगरपालिका वडा नं.९ परीलेख गाउँमा पहिलो पटक गाडी पुगेपछि चुनावमा प्रतिबद्धता गरेअनुसार काम क्रमशः पुरागर्दै लागिरहेकोमा वडाअध्यक्ष यज्ञ बहादुर डाँगीलाई त्यहाँका स्थानीयहरूले घन्यबाद दिदै हर्षित भएका हुन ।
दाङ्ग तुल्सिपुर बागचौर कोटमौला खोरबारे हुँदै परीलेख सडकको ६ किलोमिटर सडकको ट्याक खुलेसँगै आइतबार पहिलो पटक बागचौर नगरपालिका परीलेखमा शारदा यातायात प्रां लिको गाडी पुगेकोपछि चालक रमेश बस्नेतलाई वडाअध्यक्ष डाँगी र स्थानीयले फुलमालाले स्वागत गरेकाहुन।