९ कार्तिक २०८०

सल्यानको कुमाखमा प्रथम बृहत् खेलकुद तथा साँस्कृतिक कार्यक्रम शुरू भएको छ ।

बुधबार कार्यक्रमको उद्घाटन गर्दै भौतिक पुर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाश ज्वालाले सल्यान जिल्लाको धार्मिक तथा पर्यटकीय स्थल कुमाखको पहिचान जिल्लामा मात्र नभएर राष्ट्रिय स्तर सम्म भएको बताउनु भएको छ ।कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका ज्वालाले जिल्लाको बिकासको लागि आफुले पहलकदमी चाल्दै आएको बताउनु भयो ।

उहाँले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।उद्घाटन कार्यक्रममाकार्यक्रममा पुर्व मन्त्री तथा संविधान सभा सदस्य टेक बहादुर बस्नेत,कर्णाली प्रदेशका कृषी, भुमि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माको विशिष्ट आतिथ्यता रहेको थियो ।कार्यक्रममा जिल्ला समन्वय समिती उपप्रमुख असविर बुढाथोकी, कुमाख अध्यक्ष मानबहादुर बुढाथोकी, उपाध्यक्ष लाल बहादुर रावत, निवर्तमान उपाध्यक्ष डिल्लीराज जैसी, सिद्धकुमाख उपाध्यक्ष राम बहादुर बस्नेतले सम्बोधन गर्दै शुभकामना व्यक्त गरेका थिए ।

त्यस्तै नेपाली काग्रेशमा टिकाराम केसी, एमालेका कवि चन्द, माओवादी केन्द्रका तिलु डाँगी र एकीकृत समाजवादीमा सन्तोष विकले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।कोजाग्रत पुर्णिमाको अवसरमा लाग्ने कुमाख मेलाको अवसरमा मेला स्थलमा कुमाख आसपासका स्थानीय युवाले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक राकेश चन्दले बताउनु भयो ।


कार्यक्रममा मेला व्यवस्थापन समिति अध्यक्ष राकेश जैशीले मन्त्रीलाई कुमाख क्षेत्रको विकासका लागि समेटिएको ज्ञापनपत्र पेश गर्नु भएको थियो।भलिवलका लागि कुमाख, दार्मा, सिद्धकुमाख, छत्रेश्वरी,बनगाड बागचौरका २२ टिमको सहभागिता रहेको छ । ११ गते हुने मेलामा विभिन्न साँस्कृतिक झाकीका साथै विभिन्न कलाकारहरूले साँगितिक प्रस्तुति रहने छ।कोजाग्रत पुर्णिमाको अवसरमा लाग्ने कुमाख मेलाको अवसरमा मेला स्थलमा कुमाख आसपासका स्थानीय युवाले कार्यक्रमको आयोजना गरेका हुन ।

राकेश चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कुमाख ७ का अध्यक्ष डम्बर शाहीले स्वागत मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको संचालन दिपेन्द्र शाहीले गर्नु भएको थियो ।