२०८० आश्विन १२ गते शुक्रबार 

सल्यानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान शारदा नगरपाकिला १२ तिमिले बस्ने अन्दाजी ७६ वर्षीया धुर्वि बोहरा र शारदा नगरपालिका १५ बरला बस्ने अन्दाजी ४५ वर्षीया मुना सेजवाल रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुवैलाई सल्यान जिल्ला अस्पतालमा चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । 

दुर्घटनामा चालक शारदा नगरपाकिला १ चैवाङज्यूला बस्ने अन्दाजी २१ वर्षिय रविन बुढाथोकी, वडा न १२ कागखोलाका ५० वर्षीय कालि बहादुर बुढाथोकी, ५० वर्षीया कल्पना योगी, ७५ वर्षीया पम्फा नेपाली, छत्रेश्वरी गाउँपालिका ५ बस्ने २४ वर्षीया निर्मला बस्नेत, शारदा नगरपालिका १२ बस्ने लक्ष्मी खड्का घाइते भएका छन् । 

यस्तै शारदा नगरपालिका १४ का २४ वर्षीया निरु कंवर, वडा न १२ की ४७ वर्षीया कमला बुढाथोकी, १३ वर्षीया खिमा ओली, ३५ की हिमा ओली, २५ वर्षीया टिका बोहरा १४ वर्षीया विमला बुढाथोकी र प्रकाश बुढाथोकी , वडा न १३ बस्ने ७५ वर्षीया जिउली बोहरा, शारदा न.पा. १५ बस्ने वर्ष अ.५७ कि पेशला भण्डारी , १२ बस्ने वर्ष ७२ की जानकी बोहरा , १३ बस्ने वर्ष २८ कि रिता बुढाथोकी रहेका छन् । घाइते सबैको सामान्य अवस्था रहेको प्रहरीले जनाएको छ । घाइते पेशला भण्डारीलाई थप उपचारको लागी प्रादेशिक अस्पताल कालागाँउ सुर्खेत रिफर गरिएको प्रहरीको भनाई छ । घाइतेहरुको सल्यान जिल्ला अन्य अस्पतालमा उपचार भइरहेको छ । 

शुक्रबार साँझ छत्रेश्वरी गाउँपालिका ५ तिर्थपोले स्थित भित्रि कच्ची सडकमा छत्रेश्वरी गाउँपालिका ५ लेखपोखराबाट शारदा नगरपालिका १२ कागखोला आउँदै गरेको लु १ ज १८६१ नम्बरको जिप दुर्घटनाभएको हो । गाडी सडकबाट करिब ६० मिटर तल खसेको छ ।