मंगलवार, श्रावण २३,२०८०।
रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन्। आज (मंगलबार) मध्यान्ह सहिदमार्गको तिला बजार नजिकै रिसि घुम्ती भन्ने ठाँउमा बस दुर्घटनामा परेको थियो।
दुर्घटनामा २ पुरुष र २ महिलाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनाका मृतक र घाइतेको पहिचान हुन नसकेको प्रहरीले जानकारी दिएको छ। घाइतेहरुको उद्धार कार्य अझै जारी रहेकाले मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीको भनाइ छ।
रोल्पाको बाघमारादेखि दाङको घोराहीतर्फ जाँदै गरेको ना ५ ख २६१२ नं.को बस रोल्पाको तिला बजार नजिकै रिसि घुम्तीमा मध्यान्ह करिब १२ः३० बजेको समयमा दुर्घटना भएको थियो। बस सडक बाट करिब १०० मिटर तल खसेको थियो।