२०८०, श्रावण १२ गते
नेशनल लघुवित्त वितियसंस्था लिमिटेड शाखा कार्यालय बागचौर ले निशुल्क विरुवा वितरण गरिको छ ।
संस्थाले दार्मा गाउँपालीका भित्रका सबै वडाका कृषकहरुलाई दार्मा गाउँपालीकाको सहजिकरणमा कागतीका २२,१९५ विरुवा निशुल्क वितरण गरिको छ। गाँउपालिकालाई कृषी जोन बनाउन र कृषीमा आत्मनिर्भर बनाई निर्यात गर्न र सहकारी संघको अभियानलाई साथ दिन समेत विरुवा वितरण गरिएको शाखा कार्यालय बागचौरका प्रमुख बमकृष्णा ओलीले जानकारी दिनु भयो ।

ओलीले भन्नुभयो “बिरुवा लिने सबै कृषिकले उचित स्याहार गरि बिरुवा फलाएर हाम्रो संस्थाको सानो सहयोगले तपाईं जिवन स्थरमा केही सहयोग हुने छ भनि पुर्ण आशा राख्दछौ” उत्त कार्यक्रममा दार्मा गाउँपालिका उपाध्यक्ष जुना मल्ल , वडा नं २का वडा अध्यक्ष सार्कु खत्री,३का वडा अध्यक्ष पोखरराज खत्री र दार्म गाउँपालिका कृषि शाखा प्रमुख अर्मित खड्का तथा नि.प्रशासकिय अधिकृत उपस्थित भइ आफ्नो भनाइ राख्नु भएको थियो ।
कार्यक्रमलाई दार्मा गाउँपालिकाले सहजीकरण गरेको थियो भने प्रहरी कार्यालय फारुलाले पुर्ण रुपमा सहयोग गरेको थियो।









