जेठ २०

सल्यानको बागचौरमा भैरहेको श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह पुराण दान गर्ने दाताहरु बढिरहेको आयोजक समितिले बताएको छ ।

बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा जेठ ७ गते आइतबारदेखि संचालन भएको श्रीमद्भागवत ज्ञान महायज्ञ सप्ताह पुराणको आज ७ दिनमा प्रवेश गरेको छ । भक्तजनहरुको बाक्लो उपस्थिति र दानविर दाताहरुको संख्या बढ्दो भएपछि कथा वाचनमा समय अपुग भएकोले थप १ दिनका लागि आयोजक समितिले समय थप गरेको छ ।

पूण्य आर्जन गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, बागचौर नगरपालिकाको पहिचान गराउने र ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी संचालन गरेको महायज्ञ सप्ताह पुराण लगाउन थालिएको ज्येष्ठ नागरिक सेवा समाज बागचौर नगर समिति अध्यक्ष युवराज गौतमले जानकारी दिए ।

विभिन्न धार्मिक कार्यक्रमहरु सहित धर्म प्रचार प्रसारमा बालक अवस्था देखि नै लाग्नु भएका नेपालकै प्रथम सुर्यपाकी बाल यूवा सन्त परम तपस्वी परम् बिरक्ति विशिष्ट विद्वान श्रीश्रीश्री स्वामी केशवाचार्य ज्यूको अमृत वाणीमा श्रीमद्भागवत सप्ताह पूराण कथा वाचन कार्यक्रम भैरहेको छ ।
१४ गते देखि सुरु भएको श्रीमद्भागवत महायज्ञ सप्ताह पुराणमा दानबाट हालसम्म करिब २० लाख बढि रकम जम्मा भएको ज्येष्ठ नागरिक सेवा समाज बागचौर नगर समिति सचिव दिपेन्द्र प्रकाश शर्माले जानकारी दिए । उनका अनुसार दानविर दाताहरु मध्ये सबभन्दा बढि दान गर्ने दाताहरु क्रमशः
१. राम बहादुर के.सी. पुर्व प्रधानपञ्च हाल दाङ तुल्सीपुर रु. १,५५,५५/-
२. लोकानन्द गौतम बा.न.पा. १० रु. १,११,१११/-
३. लोक ब. बस्नेत बा.न.पा. २ रु. १,११,१११/-
४. टेकम अधिकारी बा.न.पा. १० रु.५६,६६६/-
५. तुल्सीराम बस्नेत बा.न.पा. २ रु. ५६,६००/-
६. ईश्वरी गौतम बा.न.पा.१० रु. ५५,५५५/-
७. आतिराम बस्नेत बा.न.पा. २ रु. ५१,१२१/-
८. रुपि भण्डारी बा.न.पा.२ रु.५१,०२५/-
९. वीर ब. तामाङ बा.न.पा. १ रु. ५१,००५/-
१०. सुम्निमा डि.सी.वली बागचौर नगर उपप्रमुख रु. ५१,०००/-
११. भिम प्रकाश शर्मा कृषि मन्त्रीकि धर्मपत्नी सीता शर्माबाट रु. ५०,००५/- रहेका छन भने पाँच सय देखि माथि दान गर्ने दानविर दाताहरुको बाक्लो उपस्थित रहेको छ ।

यस्तै पुजाआरधनाबाट मण्डमा चढाएको पैसा हालसम्म ४६,२०० जम्मा भएको छ भने १५ जनाको तुलादान, ५ जनाको चौरासी, २ जनाको व्रतबन्ध र हालसम्म करिब ७०० जनाले शालिकराम परिक्रमा गरेका छन ।