सल्यानको बागचौरमा आज देखि श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण सुरु भएको छ ।
बागचौर नगरपालिकाको आर्थिक सहयोग र ज्येष्ठ नागरिक सेवा समाज नेपाल बागचौर नगर कार्यसमितिको आयोजनामा जेठ १४ गते आइतबारदेखि २० गतेसम्म श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण सुरु भएको हो ।
जेष्ठ नागरिक सेवा समाज नेपाल जिल्ला समिति सल्यानको परामर्स तथा प्राविधिक सहयोगमा पूण्य आर्जन गर्ने, धर्म संस्कृतिको रक्षा गर्ने, बागचौर नगरपालिकाको पहिचान गराउने र ज्येष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण गर्ने उद्देश्य राखी बागचौर नगरपालिकाको आर्थिक सहयोगमा श्रीमद् भागवत ज्ञान महायज्ञ सप्ताह पुराण लगाउन थालिएको हो ।
विभिन्न धार्मिक कार्यक्रमहरु सहित धर्म प्रचार प्रसारमा बालक अवस्था देखि नै लाग्नु भएका नेपालकै प्रथम सुर्यपाकी बाल यूवा सन्त परम तपस्वी परम् बिरक्ति विशिष्ट विद्वान श्री स्वामी केशवाचार्य ज्यूको अमृत वाणीमा श्रीमद् भागवत सप्ताह पूराण कथा वाचन कार्यक्रम बागचौर नगरपालिका वडा नं. २, बागचौरस्थित सेवा केन्द्र रहेको स्थानमा आज देखि २० गतेसम्म हुने छ । कथा श्रवण गरि पूण्य आर्जन एवं टिका प्रसाद, पञ्चामृत ग्रहण गर्नका साथै आफू स्वच्छिक दान कार्यका लागि बागचौर लगायत पाएक पर्ने ठाउँका सम्पुर्ण आमा(बुबा, दाजुभाइ तथा दिदिबहिनी सम्पुर्णलाई उपस्थितिका लागि आयोजक समितिले निमन्त्रणा गरेको छ । १४ गते आज भएको समउद्घाटन कारेक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतम,उप प्रमुख सुम्नीमा डि.सि ओली १२ओटै वडाका वडा अध्यक्ष लगायतको उपस्थिती रहेको थियो