सल्यानमा हावाहुरीसहित आएको वर्षा र असिनाले बोट बिरुवा अन्न तथा तरकारी बालीमा क्षति पुर्याएको छ ।
८,गते सोमबार बेलुका ८बजे तिर हावाहुरीसहित आएको वर्षा र असिनाले सुन्तला,टिमुरका बेर्ना मकै, खरबुजा र तरकारी बालीमा क्षति पुर्याएको बागचौर नगरपालिकाका कृषक अङ्गेश्वर ओलीले जानकारी दिए ।‘हावाहुरीसहित वर्षा र असिना परेपछि कृषकले क्षतिबारे जानकारी गराइरहनुभएको छ।
बागचौर नगरपालिका ७मा सबैभन्दा बढी क्षति भएको कृषकको भनाई रहेको छ। अङ्गेश्वर ओलीले गदै आउनु भएको कृषि फार्ममा रहेका सुन्तला,टिमुरका बेर्ना पुर्णरुपमा नष्ठ भइृ करिब १०लाग बराबरको क्षेति भएको ओलीले बताउनु भयो। यस्तै बागचौर नगरपालिका ७मा पर्ने पुरानाछाप,स्याला,गोब्लेचौर,तिम्लेचौर आसपासमा पनि क्षेति भएको बताइएको छ।