माघ २५

सल्यानको बागचाैर नगरपालिकाको वडा नम्बर २ को एक घरमा लागलागी भएको छ।

एक सिरक डसना उद्योगमा पुर्ण रुमपा क्षति पुगेको छ । बागचाैर नगरपालिका वडा नम्बर २ निवासी डम्बरबहादुर कामीको घरमा आगो लागेको हो । आगलागी हुदा स्थानिय बासि सुरेश वलीको शारदा सिरक डसना उद्योगमा पुर्ण रुपमा क्षति पुगेको छ । आगलागी करिब साडे १ बजे सुरु भएको हो ।

आगो बगरचाैरको बगरचाैर तिरको घासबाट लाग्दै आएको थियो । लगतै इलाका प्रहरी कार्यालय थारमारेबाट खटिएको प्रहरी टाेलि र स्थानियको सकृयतामा आगो नियन्त्रणमा लिएको थियो । आगो किन र कसरी लाग्यो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।