माघ १८

नेपाल कम्युनिष्ट माओवादी केन्द्र बागचौर नगर समिति सल्यानले कर्णाली प्रदेशको भुमी व्यवस्था सहकारी तथा कृषि मन्त्रीमा नियुक्त भएका भिम प्रकाश शर्मा {रमेश कोइरालालाई} बधाई, शुभकामना तथा सम्मान कार्यक्रम गरेको छ ।
माओवादी केन्द्र‌का वैकल्पिक केन्द्रिय सदस्य, सल्यान जिल्ला क्षेत्र नं.९क० बाट निर्वाचीत माननीय शर्मालाई कर्णाली सरकारको मन्त्री पदमा नियुक्त भएपछि आज एक कार्यक्रमका बिच शुभकामना तथा सम्मान गरिएको हो ।

कर्णाली सरकारको कृषि मन्त्री भएका सल्यानका शर्माले नेकपा माओवादी केन्द्र बागचौर नगर समितिको आयोजनामा सम्पन्न बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै कृषि उत्पादन विक्री भएन भनेर चिन्ता लिनुको साटोमा सबै मिलेर बढि भन्दा बढि उत्पादनमा जोड दिन आग्रह गरे । उनले भने एक बोरा हैन एक ट्रक उत्पादनमा जोड दिनुहोस् विक्रि भएन भने त्यसको जिम्मा म आफुले लग्नेछु ।
कृषि क्षेत्रमा विभिन्न बहानामा र सिचाइ कुलो माग गर्ने तर त्यसको सदुपयोग नगर्ने खालका प्रवृत्ति बढिरहेकोले यसलाई जति सक्यो काममा लगाउन तिर आफू लाग्ने त्यसको नियमन र अनुगमन गर्ने मन्त्री शर्माले बताए ।
मन्त्री शर्माले जिल्ला देखि नगर हुँदै वडासम्मका राजनीतिक्रमी, फरक पार्टीका फरक विचारधारा राखे पनि निर्वाचन ठुलो सहयोग गर्ने नेता तथा कार्यकर्ता लगायत क्षेत्र नं. ९बासी आमा – बुबा, दाजुभाइ तथा दिदिबहिनीको योगदानले पाएको परिणाम भएको बताउँदै हार्दिक कृतज्ञता एवम् आभार व्यक्त गरेका छन ।

साथै काँधमा लगाईदिएको भारी मालाले उत्तिकै काँधमा जिम्मेवारी थपिएको र त्यो जिम्मेवारी पूरा गर्न सदैव लागि पर्ने उनको भनाइ छ ।नेकपा माओवादी केन्द्र बागचौर नगर समिति अध्यक्ष शोभाराम भण्डारीको अध्यक्षतामा भएको शुभकामना तथा सम्मान कार्यक्रम विभिन्न राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुखहरु, नेकपा माओवादी केन्द्रका प्रदेश देखि वडा तहका नेता तथा कार्यकर्ता, शुभेच्छुक, पत्रकार, बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो ।