२४ सल्यान २०७९ ।

नेपाली कांग्रेसका केन्द्रिय सदस्य राजीव विक्रम शाहले आफू बुढो हुँदासम्म पदको लागि मरिहत्ते नगर्ने बताउनु भएको छ।

शाहले ट्वीट गर्नु हुँदै सो कुरा लेख्नु भएको हो। ट्वीटमा उहाँले “म बुढो हुँदासम्म पदकालागि मरिहत्ते गर्दिन । राजनीतिमा लागेर पैसा कमाउने कुनै मेरो स्वार्थ छैन भ्रष्टाचार अन्त्य र महँगी नियन्त्रण मेरो पहिलो प्राथमिकता हो उमेर छदै राजनिति मार्फत सेवा गर्छु भनेर ट्वीट गर्नु भएको छ।

सो ट्वीटमा वहाँले जाजरकोटवासीको मतले निर्वाचित भएमा आफुले जिल्लाको विकासको लागि हरसंभव प्रयत्न गर्ने पनि उल्लेख गर्नु भएको छ।

यस पटक हुने प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार हुने र अर्को पटक सोही ठाउँका अन्य युवालाई सघाउने पनि नेता राजीव विक्रम शाहले ट्वीटर मार्फत प्रतिबद्धता जनाउनु भएको छ।

यस अघि सोमबार जाजरकोटमा नेपाल प्रेस युनियन जाजरकोट शाखाले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्नु हुँदै शाहले आफु अबको १० वर्षसम्म सक्रिय राजनिति गरेर त्यसपछि विश्राम लिने बताउनु भएको थियो ।