सल्यान जेठ २५, जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेमा निर्वाचनको माहोल तातिँदै
बागचौर, सल्यान। जनकल्याण नमुना माध्यमिक विद्यालय, थारमारेमा २०८३ साल जेठ २७ गते हुने विद्यालय व्यवस्थापन समितिको निर्वाचनको तयारी तीव्र बनेको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आफ्ना योजना र प्रतिबद्धतासहित मतदातामाझ पुगिरहेका छन्।
निर्वाचनमा मदन बस्नेतको नेतृत्वमा रहेको समूह सक्रिय रूपमा चुनावी अभियानमा जुटेको छ। “शिक्षामा सुधार, व्यवस्थापनमा पारदर्शिता, विकासमा निरन्तरता” भन्ने मूल नारासहित चुनावी मैदानमा रहेको उक्त समूहबाट मदन बस्नेत, शिवकुमार बस्नेत, मनिता केसी र प्रतिक्षा शर्मा उम्मेदवार रहेका छन्।
विभिन्न सामाजिक, शैक्षिक तथा सामुदायिक संघ–संस्थामा लामो समयदेखि सक्रिय रहँदै आएका मदन बस्नेत ले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, पारदर्शी व्यवस्थापन, अनुशासित शैक्षिक वातावरण तथा दिगो विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विद्यालयलाई अझ उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित गर्न अभिभावक, शिक्षक र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने उनको भनाइ छ।
“हाम्रो टिम, हाम्रो विद्यालय, हाम्रो जिम्मेवारी” भन्ने नारासहित चुनावी अभियान सञ्चालन गरिरहेको उक्त समूहले विद्यालयको समग्र विकासका लागि सबै अभिभावक तथा सरोकारवालासँग सहयोग र समर्थनको अपिल गरेको छ।
जेठ २७ गते हुने निर्वाचनलाई लिएर विद्यालय परिसर तथा स्थानीय समुदायमा चुनावी चहलपहल बढ्दै गएको छ। विद्यालयको भावी नेतृत्व चयन गर्ने यस निर्वाचनलाई अभिभावक तथा स्थानीयवासीले विशेष महत्वका साथ हेरिरहेका छन्।