बागचौर नगरपालिका वडा नम्बर २काे कार्यालयले केहि सेवा सुबिधा खरिबाेट बाट पनि दिने भएको छ।
बागचौर नगरपालिका वडा नम्बर २काे कार्यालयले सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण सम्बन्धि सेवा वडाकाे खरिबोट बजार बाट पनि उपलब्ध गराउने भएको छ । सेवा प्रभावलाई छिटो छरितो र सहज रुपमा प्रदान गर्न वडा नम्बर २ ले यो सेवा दिइएको हाे ।
वडा नम्बर २ मा सामाजिक सुरक्षा भत्ता परिचय पत्र नबिकरण गर्ने र नयाँ लिने सेवाग्राहीहरुकाे संख्या धेरै भएकोले २ ठाउँबाट सेवा उपलब्ध हुदा सेवाग्राहीलाई सहज हुने वडा अध्यक्ष दिपेश डि.सीले बताउनुभयो ।
बागचौर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमकाे प्रमुख आतिथ्यतामा, नगर उपप्रमुख सुम्निमा डि.सीकाे बिशिस्ट अतिथ्यतामा, वडा अध्यक्ष दिपेश डी.सी. वडा सदस्यहरु, स्थानीयहरुकाे उपस्थितिमा सेवा केन्द्र उद्घाटन गरिएको हाे ।