६ साउन २०७९, शुक्रवार

सल्याको बागचौर नगरपालिका का प्रमुख ब्यापारिक केन्द्र थारमारे र बागचौर बजारमा जेब्रा क्रसिङको निर्माण गरिएको छ ।

सामुदाय प्रहरि साझेदारी २ नम्बर वडा समिति थारमारेको आयोजनामा ईलाका प्रहरी कार्यलय थारमारे,बागचौर नगरपालिका वडा नम्बर २ को कार्यालय र थारमारे बजार व्यवस्थापन समितीको सहकार्यमा बागचौर नगरपालिका को बागचौर बजार र थारमारे बजार मा पैदल यात्रुलाई सहज बाटो क्रश गराई आवागमन सहज बनाउने ट्राफिक दुर्घटना न्यूनीकरण गर्ने र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी र चुस्त बनाउन जेब्रा क्रसिङको निर्माण गरिएको छ ।


उक्त कार्यक्रममा ईलाका प्रहरी कार्यलय थारमारेका प्रमुख प्रहरी निरक्षक कनक शाही वडा न.२का अध्यक्ष दिपेश डि सि
लगायत स्थानीय वासिहरुको सहभागिता रहेको थियो ।