जेठ १७ सल्यान –

नेकपा( माओवादी केन्द्र)ले कर्णाली प्रदेश कमिटी सदस्य तथा बागचौर नगरपालिका निवर्तमान नगरप्रमुख लोकमान बुढाथोकीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन योजनाबद्ध अन्तरघात गरेको भन्दै प्रदेश कमिटी बैठकले बुढाथोकीलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको जनाएको छ । बिरेन्द्र्नगर सुर्खेतमा १४ र १५ गते बसेको कर्णाली प्रदेशको कमिटीको विस्तारित बैठकले यस्तो निर्णय गरेको प्रदेश कमिटी सचिब धनजित शाहीले बताए।

बुढाथोकीलाई कारबाहीको लागि बागचौर नगर कमिटीले गत ७ गते जिल्ला समन्वय हुँदै प्रदेश समितिलाई र गत १० गते नगर कमिटीको सिफारिसकाे आधारमा जिल्ला समन्वय समितिले प्रदेश कमिटीलाई सिफारिस गरेकाे थियाे।