२६ चैत २०७८, शनिवार
वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि जिल्लाको भेरी नगरपालिका ११ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्र का यूवा नेता राकेश हमालले वडाध्यक्षको दावी गरेका छन् ।
वाइसीएल नेपाल भेरी नगर कमिटीको उपाध्यक्ष समेत रहेका हमालले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो उम्मेदवारी रहने दावी गरेका हुन् । यूवा पिढीँका आशा लाग्दो यूवा नेताको परिचय बनाएका राकेशले वडाध्यक्षमा पार्टीले टिकट दिए भारी मतका साथ जित्ने दावी गरे ।
२०५० सालमा नेकपा मसाल हुदै हमालको परिवार नेकपा माओवादी केन्द्रमा समाहित भएको थियो । हमालले भने, ‘हामी माओवादी भएको झन्डै २ बर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, जातीय भेदभावको अन्त्य सँगै सयौं बर्षदेखि चल्दै आएको सामन्ती राजतन्त्रको अन्त्यको लागि माओवादी पार्टीले उद्घोष गरेको दश बर्षिय जनयुद्धमा हाम्रो परिवार पनि सहभागी अगाडि बढ्यो ।’
पार्टीले खटाएको जिम्मेवारी इमान्दारीता पुर्वक पुरा गर्दै रुकुम रोल्पा जस्ता ठाउँमा गएर पार्टीको प्रचार गरिएको समेत हमालले बताए । ‘हाम्रो परिवार माओवादी पार्टीमा लागेको भन्दै विपक्ष काँग्रेसले विभिन्न योजना बनाई मेरो बुवाको धारिलो हतियार प्रयोग गरी खुट्टा काटिया, त्यो कलिलो उमेरमा खट्टा काटिएकोले यता उता कतै जान नसक्ने अबस्था सिर्जना भयो, उनले थपे, ‘परिवार बाट औषधी उपचार गर्न सक्ने अवस्था थिएन पार्टीले खासै चासो देखाएन् त्यही असरले आज बुवा जीवित रहन सक्नु भएन् ।’
माओवादी जनयूद्धमा कालमै हमालको २०५६ सालमा जन्म भयो । विद्यालय पढ्न नपाएका उनले बुवाले देश परिवर्तनका निम्ती गुमाएको खुट्टाको न्याय खोज्दै राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि निरन्तर अगाडि बढिरहेको हमालको भनाई छ । अहिलेको चुनावमा वडाध्यक्षमा आफ्नो उम्मेदवारी रहने भएकोले सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
वडाध्यक्ष भएपछि जातीय विभेदको अन्त्यका लागि पहल गर्ने, जथाभावी खनिएका सडकको व्यवस्थापन गर्ने, वडा भित्रको गरिवी अन्त्यका लागि उत्पादनतिर जोड दिने, आफुले पाउने सेवा सुविधा वडा भित्रका गरिव परिवारलाई दिने, यूवाहरुको आवश्यकताका आधारमा काम गर्ने, वडा भित्रको शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात, सञ्चारमा वडालाई जोड दिने घोषणा गरे । हमाल अहिले वाईसीएल भेरी नगर कमिटी उपाध्यक्ष हुन् ।