मंसिर २८ सल्यान ।
सल्यानमा एक किशोर झुन्डिएको अवस्थामा मृत फेला परेका छन।
बन्गाड कुपिन्डे नगरपालिका ९ गिठाचौरका कामी बोहराको अन्दाजी १९ वर्षिय छोरा मित्रलाल बोहरा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन।
उनको मानसिक सन्तुलन ठिक नभएको पनि परिवारले जनाएको छ।
सोमबार दिउसो घरबाट निस्केका मित्रलाल आज दिउसो सम्म घरपरिवारको सम्पर्क बिहिन भएपछि स्थानीयले खोज तलास गर्दै जादा घरबाट करिब ३ सय मिटरको दुरिमा रहेको आफ्नै पाखो बारीमा चिउरीको रुखमा प्लास्टिकको डोरीमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी नायव निरिक्षक सुमित खड्काले जानकारी दिएका छन ।
प्रहरी घटनास्थल पुगिसकेको र थप अनुसन्धान जारी रहेको खड्काले बताउदै घटनाको बारेमा केही नखुलेको र थप अनुसन्धान पछि मात्रै भन्न सकिने जिल्ला प्रहरीले जनाएको छ ।