मंसिर २७ गते थारमारे जिल्ला ट्राफिक प्रहरी कार्यालयले सल्यानमा ‘चालक सँग एक मिनेट’ कार्यक्रम सल्यानको थारमारेमा गरिएको छ । बढ्दो दुर्घटना लाई न्यूनीकरण गर्न यस्तो कार्यक्रम गरिएको बताईएको छ ।आज गरिएको उक्त कार्यक्रममा सीट क्षमता भन्दा बढी यात्रु नबोक्न,अस्वस्थ गति प्रतिस्पर्धा नगर्न तथा अन्य बिषयमा चालक लाई सुझाव दिईएको थियो ।
स्थानीयवासी ,ईप्रका थारमारे सल्यान का सहि शाप तथा सञ्चारकर्मीका बिचमा टाईम कार्डको समेत आजै शुभारम्भ गरिएको छ । जिल्लाको सेन्टर प्रहरी चौकिको रुपमा रहेको ईप्रका थारमारेमा अब ट्राफिक प्रहरीको नियमित चेक जाँच चेक पोष्ट्मा गरिन्छ। ।
कार्यक्रममा जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक लक्ष्मण बि.क. ले चालकसँग कुरा गर्दै भन्नुभयो, ‘आज देखि टाईम कार्ड सुरु भएको छ, दुर्घटना गराउने कारण अत्यधिक गति पनि हुन सक्छ । तोकिएको समयमा गन्तव्यमा पुग्नुहोला भनी अनुरोध समेत गर्नु भएको छ ।’ कार्यक्रम थारमारे को बस अथवा टिकट काउन्टरमा गरिएको थियोे उक्त कार्यक्रम को सभा-अध्यक्ष जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक लक्ष्मण बि.क प्रमुख अथिती बागचौर नगरपालिका वडा न २का.भा अध्यक्ष टोप बहादुर डिसि विशिष्ट अथिती ईलाका प्रहरी कार्यलय थारमारे का सहि शाप शेर बहादुर चन्द अथिती रेडियो मध्यहाड ८८.२ मेगाहर्ज बागचौर का स्टेशन मेनेजर लोकमान चन्द ले गर्नु भएको थियोे भने कार्यक्रम को संचालक पत्रकार खेम राज सुनार ले गर्नु भएको हो।
यस किसिमका कार्यक्रमले सवारी दुर्घटनामा कमि आउने विश्वास गरिएको छ ।टाईम कार्ड लागू भएपछि विभिन्न स्थानका लागि समय तोकिएको छ ।