२०८३ साउन २४ बागचौर नगरपालिका–७ स्थित श्री बालकन्या माध्यमिक विद्यालयको फिल्ड निर्माण कार्यको नगर प्रमुख जनकराज गौतमले स्थलगत अनुगमन गर्नुभएको छ।अनुगमनका क्रममा निर्माण कार्यको प्रगति, गुणस्तर तथा आवश्यक व्यवस्थापनका विषयमा जानकारी लिँदै निर्धारित मापदण्डअनुसार गुणस्तरीय र समयमै निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित पक्षलाई आवश्यक सुझाव तथा निर्देशन दिनुभएको छ।


अनुगमनमा वडा नं. २ का वडा सदस्य मोहनलाल डाँगी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दामोदर दाहाल, प्रधानाध्यापक चक्रपानी गौतम, यान्त्रिक शाखा प्रमुख पारस खडका, नगर प्रहरी प्रमुख नवराज चन्द, प्रेस सल्लाहकार श्रवण देवकोटा, शिक्षक तथा अभिभावक लगायतको सहभागिता रहेको थियो।

विद्यालयको शैक्षिक वातावरणलाई थप प्रभावकारी बनाउन आवश्यक भौतिक पूर्वाधार विकासलाई नगरपालिकाले प्राथमिकताका साथ अघि बढाउँदै आएको नगर प्रमुख गौतमले बताउनुभयो।








