२१ साउन २०८३, बिहिवार बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ८ हजार रुपैयाँ बढेको छ । अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँमा काराेबार भयकाे सुन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत बिहीबार सुनको भाउ २ लाख ८४ हजार रुपैयाँ थियो ।

यस्ताै चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ५७० रुपैयाँ कायम भएको छ । गत बिहीबार चाँदीको भाउ ४ हजार ३१० रुपैयाँ थियो ।