२८ असार । सल्यान क्याम्पसको तेस्रो क्याम्पस सभाबाट ८ सदस्यीय क्याम्पस सञ्चालक समिति काे निर्वाचन सम्पन्न भयकाे छ । आज आइतबार खलंगास्थित क्याम्पसको सभाहलमा सम्पन्न सभाबाट हिमेन्द्रबाबु सेजवाल सहित ७ सदस्यीय नयाँ सञ्चालक समिति सहमतिका आधारमा चयन गरिएको निर्वाचन समिति संयोजक थलराज भण्डारीले जानकारी दिएका छन । नवनिर्वाचित समितिको उपाध्यक्षमा घनश्याम पुन त्यसैगरी सदस्यहरूमा रमेश बुढाथोकी, सरिता हमाल, कल्पना सेजवाल, सन्देश श्रेष्ठ र सुरेन्द्र बुढा निर्वाचित भएका हुन।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यता तथा क्याम्पस सभा अध्यक्ष मानबहादुर मल्लको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे हाे । उक्त कार्यक्रम सञ्चालन विष्णु शर्माले गरेकी थिइन् । कार्यक्रममा पुर्व अध्यक्ष महेश देवकोटा र टोपेन्द्र शर्मा, शिवजन क्याम्पस प्रमुख कमल थापा, नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष डिल्लीराज रावतले शुभकामना मन्तव्यले शुभकामना राखेका थिए । कार्यक्रममा क्याम्पस प्रमुख पारश थापाले क्यामपसका बारेमा प्रस्ट रुपमा जानकारी दिएका थिए ।








