१० असार २०८३, बुधवार । जिल्लाको बागचौर नगरपालिकाको १६ औँ नगरसभा अधिवेशन आज बुधबार बागचोर नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । सम्पन्न नगर सभामा आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रमको बजेट सर्वसम्मत रुपमा पारित भएको छ।बुधबार सम्पन्न बैठकको अध्यक्षताका रूपमा रहनुभएका बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गौतमले उक्त बजेट क्रमश बुँदागत रुपमा बजेट प्रस्तुत गर्नुभएको थियो।

क्त १६ औँ नगर सभा अधिवेशनमा स्वागत मन्तव्य बागचौर नगरपालिकाकी नगर उपप्रमुख तथा नगरसभा अधिवेशनकी सदस्य सुम्निमा डिसी ओलीले राख्नुभएको थियो।

नगर सभामा नगर प्रमुख तथा नगर सभा अध्यक्ष जनकराज गौतमले आर्थिक वर्ष २०८२/८३ मा नगरपालिकाले गरेको विकास निर्माण को समीक्षा गर्नुभएको थियो ।
उक्त नगरसभाबाट आर्थिक वर्ष का लागि विभिन्न क्षेत्रमा ७७ करोड २२ लाख भन्दा बढी बजेट विनियोजन गरिएको छ । नगरसभामा विभिन्न वडाका वडा अध्यक्ष , वडा सदस्य तथा वडाका पदाधिकारीहरु , पत्रकार, नागरिक सुरक्षाकर्मी को उपस्थिति रहेको थियो। आउँदो आर्थिक वर्षमा विभिन्न नयाँ अवधारणाहरूका साथ स्थानीय सरकार अगाडि बढ्ने नगर प्रमुख तथा नगरसभाका अध्यक्ष जनकराज गौतमले बताउनुभएको छ।

१६ औँ नगरसभा को दोस्रो बैठक असार मसान्तमा हुने भएको छ। उक्त बैठकमा नगर उपप्रमुख सुम्निमा डिसी ओलीले विभिन्न क्षेत्रमा आएको बजेट पढेर सुनाउनुहुने भएको छ।









