राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान जिल्ला बागचौर नगर कमिटीको प्रथम ऐतिहासिक पालिका अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा नगरपालिकाका सभापति विजय ओलीले सभाध्यक्षता ग्रहण गर्नुभएको थियो। कार्यक्रमको प्रमुख अतिथिका रुपमा मानव विकास स्रोत साधन उपप्रमुख पवनराज देवकोटा रहनुभएको थियो। साथै विशिष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेशका महामन्त्री ललित चन्द्रले गर्नुभएको थियो । अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानका सभापति प्रकाश नेपाली समेत रहनुभएको थियो। साथमा विभिन्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको विशेष उपस्थिति रहेको थियो

उक्त कार्यक्रम नगर कमिटीका सचिव भरत संगम परियारले सञ्चालन गरेका थिए। नयाँ कार्यसमिति गठन भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी नगर कमिटीको पार्टी कार्यालयमा पहिलो बैठक समेत सञ्चालन गरिएको थियो।







