१६ जेठ २०८३, शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान जिल्ला बागचौर नगर कमिटीको प्रथम ऐतिहासिक पालिका अधिवेशन शुक्रबार सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नगरपालिकाका सभापति विजय ओलीले सभाध्यक्षता ग्रहण गर्नुभएको थियो।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा मानव विकास स्रोत साधन उपप्रमुख पवनराज देवकोटा रहनुभएको थियो। साथै विशिष्ट अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका कर्णाली प्रदेशका महामन्त्री ललित चन्द्रले गर्नुभएको थियो ।

अतिथिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानका सभापति प्रकाश नेपाली समेत रहनुभएको थियो। साथमा विभिन्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूको विशेष उपस्थिति रहेको थियो।उक्त अधिवेशनबाट नयाँ कार्यसमिति गठन समेत गरिएको छ। नयाँ कार्यसमितिमा पनि सभापतिको रुपमा विजय ओली नै चयन भएका छन्। उनीसँगै २३ सदस्य टोली गठन भएको छ।

कार्यक्रममा बोल्दै जिल्ला सभापति प्रकाश नेपालीले सामाजिक सञ्जाल मार्फत स्टाटस लेखेर विरोध गर्नेहरूलाई तुरुन्तै कारबाही गर्न निर्देशन दिएका छन्।

साथै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना समेत दिएका हुन्।कार्यक्रम का प्रमुख अतिथि पवनराज देवकोटाले भर्खरै आएको भिजन बाढिले गर्दा पुर्‍याएको क्षतिपर्ति समेत दुःख व्यक्त गरेका थिए।

उनले नयाँ कार्यसमितिलाई शुभकामना दिँदै काम गर्न कसैको पनि डर नभनी निर्धक्क भएर अगाडि बढ्न अनुरोध गरेका छन्।उक्त कार्यक्रम नगर कमिटीका सचिव भरत संगम परियारले सञ्चालन गरेका थिए।

नयाँ कार्यसमिति गठन भए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी नगर कमिटीको पार्टी कार्यालयमा पहिलो बैठक समेत सञ्चालन गरिएको थियो।