१२ चैत २०८२, बिहिवार रोल्पा जिल्ला थबाङ गाउँपालिका २ का ११ वर्षीय सागर विक जसको आमा सानैमा दोस्रो बिहे गरेर जानुभएको थियो र बुबा मानसिक सन्तुलन गुमाउनुभएको छ। उनको घर पनि बस्नलाई राम्रो छैन। तिनै सागर भाइको घर बनाउने अठोट लिँदै सल्यानका समाजसेवी पत्रकार रूपलाल बुढाथोकीले चैत्र १२ गते पर्न गएको चैते दशैं बाबुसँगै रोल्पाको थपाङ्ग मनाएका छन्।

उनले सगरको घर बनाउने कामलाई तीव्र गतिमा अगाडि बढाइरहेका छन् ।अहिलेसम्म उक्त घरको अवस्था कसैले बुझ्न नसकेको र अहिले पत्रकार रुपलाल बुढाथोकीले बाबुको घरको अवस्था हेर्दै घर बनाउन सामाजिक सञ्जालमा भिडियो राख्दै सहयोगको अपिल समेत गरेका छन्। देश तथा विदेशबाट सहयोग आए लगत्तै घर बनाउने कामलाई अघि सारिएको बुढाथोकीले बताउँछन्। साथै सागर भाइको घर नबनेसम्म रोल्पाबाट नफर्किने समेत अठोट गरेका छन्।








