पुष २९,भारतको हिमाचल प्रदेशको एक क्षेत्रमा ग्यास सिलिन्डर विस्फोट हुँदा सल्यानको सिद्धकुमाख गाउँपालिका–२, टाकुराका दुई परिवारका ९ जनाको ज्यान गएको छ।
हिजो बिहान करिब २ बजे सुतिरहेको कोठामा ग्यास सिलिन्डर विस्फोट भई आगलागी भएको थियो। आगलागीबाट उनीहरूको घटनास्थलमै मृत्यु भएको बताइएको छ।
मृतकहरू रोजगारीका लागि पछिल्ला दुई वर्षदेखि भारतमा मजदुरी गर्दै आएका थिए।
एकै गाउँका ९ जनाको एकै घटनामा मृत्यु भएपछि सिद्धकुमाख गाउँपालिका मात्र होइन, सम्पूर्ण सल्यान जिल्ला शोकमा डुबेको छ।








