सल्यान असोज १२— नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सल्यानको आयोजनामा आगामी असोज २२, २३, २४ र २५ गते बागचौर नगरपालिका–२, थारमारेमा ‘प्रथम जय नेपाल कप खुल्ला भलिवल प्रतियोगिता–२०८२’ हुने भएको छ। प्रतियोगितासँगै विविध सांस्कृतिक कार्यक्रम पनि संचालन गरिने आयोजकले जानकारी दिएको छ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख रुपैयाँ, द्वितीयले ७५ हजार रुपैयाँ र तृतीयले ५० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमले १० हजार रुपैयाँ दर्ता शुल्क तिर्नुपर्नेछ।
नेपाल विद्यार्थी संघ सल्यानले स्वास्थ्य र राष्ट्रिय एकताको लागि खेलकुदको महत्वलाई प्राथमिकतामा राख्दै यस प्रकारको प्रतियोगिता आयोजना गरिएको जनाएको छ। कार्यक्रमलाई भव्य र सफल बनाउन आर्थिक तथा भौतिक जुनसुकै किसिमको सहयोग अपरिहार्य हुने आयोजक समितिले आग्रह गरेको छ।
सम्पर्कका लागि ग्रेट गिरी (९८५७८७८७८८), दिपक भण्डारी (९८६८१७१६५५) र फलेंद्र जङ्ग पुरी (९८६६५८५८३१) लाई सम्पर्क गर्न सकिनेछ।








