सल्यान। “खेलकुद र संस्कृतिको सम्मान, दर्माली युवाहरूको पहिचान” भन्ने नारासहित दर्माली युवा क्लब (DYC) दार्मा–१, दार्माकोट, सल्यानले दोस्रो दर्माली कप–२०८२ को आयोजना गर्ने भएको छ। कार्यक्रम अन्तर्गत खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता साथै लोकदोहोरी तथा गजल प्रतियोगितासहित विविध सांस्कृतिक कार्यक्रमहरु हुने आयोजकले जनाएको छ।

भलिबलतर्फ पुरस्कार :
प्रथम हुने टिम : नगद रू. १,०१,१११/–, ट्रफी, मेडल र प्रमाणपत्र
दोस्रो हुने टिम : नगद रू. ५०,५५५/–, ट्रफी, मेडल र प्रमाणपत्र
सेमिफाइनल पुग्ने दुवै टिम : जनही रू. २०,०००/–
व्यक्तिगत विधातर्फ :बेष्ट प्लेयर : रू. २,५००/– र ट्रफी
बेष्ट सटर : रू. १०००/– र ट्रफी
बेष्ट अपोजिट/साइड अट्याक : रू. १०००/– र ट्रफी
बेष्ट लिभेरो : रू. १०००/– र ट्रफी
बेष्ट ब्लकर : रू. १०००/– र ट्रफी
बेष्ट वाईडहिटर : रू. १०००/– र ट्रफी
लोकदोहोरी प्रतियोगितातर्फ :
प्रथम : रू. ५००१/– र प्रमाणपत्र
दोस्रो : रू. ३०००/– र प्रमाणपत्र
गजल प्रतियोगितातर्फ :
प्रथम : रू. ३०००/– र प्रमाणपत्र
दोस्रो : रू. २०००/– र प्रमाणपत्र
तेस्रो : रू. १०००/– र प्रमाणपत्र
दर्ता शुल्क : भलिबल : रू. १०,०००/–
लोकदोहोरी : रू. १००१/–
गजल : रू. ५०१/–
दर्ता गर्ने अन्तिम मिति २०८२ असोज १० गतेसम्म तोकिएको छ। प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम २०८२ असोज ११ गतेदेखि १५ गतेसम्म श्री राष्ट्रिय माध्यमिक विद्यालय दार्मा–१, दार्माकोट, सल्यानमा हुने बताइएको छ।

आयोजक दर्माली युवा क्लबले प्रतियोगितामार्फत खेलकुद र संस्कृतिको संरक्षण, प्रवर्द्धनसँगै आपसी सद्भाव, मित्रता र युवाको क्षमता विकास गर्ने उद्देश्य रहेको जनाएको छ।








