१० असोज २०८१,
बिहिवारकृषकको टोलटोल अनि घर घर मा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजि इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यान शाखाले पुनः बिहिबार एक कार्यक्रम सम्पन्न गरेको छ । शाखाले कृषि तथा पशुपछिं बिमा सम्बन्धि छलफल कार्यक्रम सिद कुमाख गाउपालिकाको वडा नम्बर ३ फलाटे सल्यानमा सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन जिल्लाका विभिन्न ठाँउमा कृषि तथा पशुपछिं बिमा सम्बन्धि कार्यक्रम संचालन गरि रहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड सल्यानका शाखा प्रमुख अनुराग बोहराले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि सिद्दकुमाख गाउपालिका वडा न, ३ का वडा अध्यक्ष जिबराज बोहराले सबै बीमा अपरिहार्य रहेको त्यसमाथी कृषि तथा पशुपन्छी बीमा कृषकलाई अति आवश्यक रहेको र बीमा गरेमा निकै फलदायी हुने बताउनु भयो । उहाँले कृषकलाइ बीमाको दायारामा ल्याउन आउदा दिनहरुमा वडा बाट पनि थप प्रयास गर्ने बताउदै यस्तो खालको कार्यक्रम आफ्नो वडामा पहिलो पटक भएकोमा खुसी ब्यक्त गर्नु भयो ।

तेस्तै कार्यक्रममा बिशिस्ट अतिथी आइएमइ लाइफ इन्स्योरेन्स सल्यान शाखा प्रमुख भरत रोकायले सन्तती झै सम्पती पनि त्यतिकै महत्वपुर्ण हुने भएकाले सल्यान जिल्लामा कृषि तथा पशु पन्छी बीमाको लागि नेपाल सरकारले तोकेको आधिकारिक बीमा एनएलजीलाई आफ्नो सम्पतिमा हुने सबै किसिमको जोखिमलाई हस्तान्तरण गर्न आग्रह गर्दै अन्य महत्वपूर्ण भनाइहरु समेत राख्नु भयो।
त्यस्तै अतिथी पहाडी नस्ल सुधार बाख्रापालन समूहका अध्यक्ष याम बहादुर बोहराले बर्सौ देखि एनएलजी बाट बीमा बनाइ बीमाको लाभ लिदै आइरहेको र सबै कृषकलाइ समेत बीमा गर्न आग्रह गर्नु भयो ।
साथै कार्यक्रममा जेस्ठ नागरिक जन बहादुर चलाउने,पहाडी नस्ल सुधार बाख्रापालन समूहका कोषाध्यक्ष सोनि बस्नेत आदि लगाएको अतिथ्यता रहेको थियो ।

कार्यक्रमका सभाध्यक्ष एनएलजि इन्स्योरेन्स श्रीनगर शाखा प्रमुख अनुराग बोहराले छलफल कार्यक्रममा उपस्थित भएका विभिन्न तह र तप्काका व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद दिनुका साथै छलफलमा उठेका जिज्ञाशाहरुको जवाफ दिनुभएको थियो । उहाँले सल्यान जिल्लामा कृषकलाई बिमाको दाएरामा ल्याउन विभिन्न अभ्यास गरिदै आएको र यसलाइ थप निरंतरता दिदै नेपाल सरकारले कृषकलाई दिने बिमा शुल्काको ८०% अनुदानको लाभ सङै बीमाको लाभ लिन सल्यान जील्लाका सबै कृषकलाइ बीमाको दायमा ल्याउन अहोरात्र खट्दै थप नबिनतम अभ्यासहरु गर्दै अघि बढ्ने समेत बताउनु भयो। शाखा प्रमुख बोहराले कार्यक्रममा उपस्थित सबैलाइ स्वागत गर्दै कार्यक्रम आयोजना गर्नुको उद्धेश्य, कृषि तथा पसुपन्छी बीमाका प्रावधान र महत्वका बारेमा जानकारी गराउनुको साथै कृषी तथा पशु पन्छी बीमाको बारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रम सफल बनाउन सहयोग गर्ने सिद्ध कुमाख गाउपालिका वडा न ३ का अध्यक्ष जिबराज बोहरा तथा अभिकर्ता हरि बहादुर रेउले लगाएत उपस्थिति जनाउने सबैलाई शाखा प्रमुख बोहराले धन्यवाद समेत दिनुभएको छ ।

कार्यक्रममा सिद्ध कुमाख गाउपालिका वडा न. ३ का विभिन्न टोल बाट प्रतिनिधित्व गरेर आएका ४९ जना व्यक्तिहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन अभिकर्ता हरि बहादुर रेउले ले गर्नु भएको थियो।








