जून तारा साहित्य समाज
मुक्तक दोहोरी
चि राग v/s सपना
चि राग
लगाउनु अगावै पिरती भनेकै थिए!
दिन नसकुँला सोँचे जति भनेकै थिए!
रहरहरू मारेको गुनासो नगर सानू
न जागिर छ न सम्पती भनेकै थिए!
सपना
लाग्दैन आज भोलि भर के गुनासो गर्नु
मरेका छन मनका रहर के गुनासो गर्नु
भुलेर मलाई रमाउदै छोै दुनियाँ सगँ प्यारा
लाग्छ तिमी प्रति पनि डर के गुनासो गर्नु
चि राग
नमान डर अर्कैको होला भन्ने!
दुई दिनको हो हाम्रो चोला भन्ने!
मनमा तिमी मात्र छौ र रहनेछौ
सपना छ तिमी सति म भोला बन्ने!
सपना
जटिल रोग मुटुमा घातक हुन सक्छ
परिवारबाट फेरि बाधक हुन सक्छ
हजारसँग मस्किने कि के भरोसा खै
यो सबै कुरा पनि नाटक हुन सक्छ
चि राग
ढाँटे तिमीलाई मर्न परोस् अरु के भनौं!
जीवनको अन्तिम त्यै होस् अरु के भनौं!
तिमी बाहेक जिन्दगीमा अर्को कोहि छैन
मेरो मायामा भरोसा लागोस् अरु के भनौं!
सपना
महत्व छैन कुनै मेरो रहरको बरु
राम्रै होला कुरा सुने घरको बरु
मेरो नजरबाट यसरी गिरेका छोै
मनमा स्थान धेरै छ पथरको बरु
चि राग
यति सम्म तुच्छ ठाने भन्नू के छ र?
कति माया रैछ जाने भन्नू के छ र?
गरिवलाई किन पो आफ्नो बनाउँथ्यो
भेट्यौ होला हुनेखाने भन्नू के छ र?
सपना
किन्न नखोज हजारका दाम गनि मलाई
हेर्नू छैन सम्पति वाला अनि धनी मलाई
आज आरोप मै माथी थुपार्न खोज्दै छोै
मनबाट हटायोै चरित्रहिन भनि मलाई
चि राग
बरु सक्छु आफै सकिन आरोप लाउदिन!
भनेर तिमीलाई चरित्रहीन आरोप लाउदिन!
नभनेको कुरा भनिस नभनन बिन्ती यार
तिमीमा दोष थुपार्दिन आरोप लाउदिन!
सपना
पैसासँग जवानी किन्नेको के भरोसा खै
छिन भरमै बिश्वास छिन्नेको के भरोसा खै
माया गर्छु भनी आज मेरो जीवनमा आयोै
दिनकै केटि फेर्दै हिन्नेको के भरोसा खै
चि राग
पैसामा जवानी किनिएला माया किन्न सकिन्न!
बाहिरी आवरण हेरेर भित्री चरित्र चिन्न सकिन्न!
तन साटिएका सम्बन्धहरू सबै हुदैनन् माया
जवानी साटेका सबैलाई बनाउन अभिन्न सकिन्न!
सपना
जित हुदा पनि हार्न सक्दैनोै तिमी
मरेकालाई फेरि मार्न सक्दैनोै तिमी
म त एक बिधुवा नारी पो हुँ हो प्रिय
समाजको अघि स्वीकार्न सक्दैनोै तिमी
चि राग
बहाना बनाई नानाथरी बिर्सिन नखोज!
प्रेमको परिभाषा गलत दिन नखोज!
समाजका लागि उदाहरण बनौ बरु आउ
बिधवा हुँ भनेर म बाट टाढिन नखोज!
सपना
मनमा चोट आँखा भरी पानी होला बिचार पुर्याउनु
परिवारका सम्बन्धमा हानी होला बिचार पुर्याउनु
मनमा राख्छु भन्छोै सिउँदो भर्ने कुरा पनि गर्छोै
देखेका सपनाहरु पनि खरानी होला बिचार पुर्याउनु
चि राग
केही पाउन केही गुमाउनु पर्छ थाहा छ कि छैन!
प्रयास गर्नेले मात्र प्रगती गर्छ थाहा छ कि छैन!
बोली सकेपछि बोली हालियो हुँदैन फिर्ता
मर्द ले कि बोली पूरा गर्छ कि मर्छ थाहा छ कि छैन!
सपना
आफ्नै प्यारी आफ्नै सानी सम्झिएर आउनुस्
घरमा बुहारी ल्याउने खबर दिएर आउनुस्
अब ओैँला उठाउन सक्दैन समाजले मलाई
प्यारा चोखो माया पबित्र मन लिएर आउनुस्
चि राग
गर्नु भन्दा धेरै गन्थन सजिएर बस!
सम्हालेर बैँस जोवन सजिएर बस!
सिँदुर भर्न आउदैछु लिएर जन्ती
मेरै हुने बनाई मन सजिएर बस!
सपना
अब मात्र तिम्रो हुने वचन गरेर
विश्वास र माया अझै झन् गरेर
जन्ति लिएर छिट्टै आउनु कान्छु
बस्छु म सिउँदो लाई जतन गरेर
सपना कुवर र चि राग जून तारा साहित्य समाजका सदस्य सक्रिय सदस्य रहेका छन् ।
उक्त मुक्तक दोहोरीलाई जून तारा साहित्य समाज को युट्युब च्यानलमा हेर्न सकिन्छ । बाचन दिपकिशोर भट्टराईले गर्नु भएको छ ।
भिडियो हेर्न :-








