असार १० सल्यान, बागचौर नगरपालिकाको १२औं नगरसभाबाट असार १० गते सोमबार नीति तथा कार्यक्रम बुहुमत नगर सदस्य ज्युहरु बाट पारित गर्दै सार्वजनिक गरिएको छ ।

बागचौर नगरपालिका नगरप्रमुख तथा नगर सभाअध्यक्ष जनकराज गौतम ले निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

जस अनुसार आर्थिक वर्ष ०८१।०८२ का लागि नगरस्तरिय रोड निर्माण, बागचौर नगरपालिका भित्र बृक्षारोपण गरेर समृद्ध नगर, हरित सहर बनाउने, ग्रामीण क्षेत्रका सडकलाई स्तरोन्नती गर्ने, शिक्षा, स्वास्थ्य, खानेपानी देखि लाइब्रेरी संचालन गर्ने दर्जनौ योजनाहरू अगाडि सारिएको छ ।

“सबल स्थानीय सरकार समृद्ध बागचौर नगरबासिको रहर” भन्ने दीर्घकालीन सोचका साथ सोमबार प्रस्तुत गरिएका कार्यक्रम अनुसार बागचौर नगरपालिकाको वडा नं. ८ को कोट्मौला, ३ को खाली, ७ को साना गाडाकोट लगाएतका स्थानमा उत्पादित हुने सुन्तला, बाफुखोला, शिबरथ क्षेत्रमा उत्पादन हुने आलु, कोटबारा, थारमारे पिपलनेटा लगाएतका क्षेत्रमा उत्पादित अदुवा, टिमुर खेतीको आधुनिकरण भण्डार तथा पैठारीका साथ वाहय क्षेत्रमा समेत पहिचान दिने, सडक संजाल नजोडिएका वडा तथा बस्तिहरुमा उच्च प्राथमिकताका साथ सडक संजाल जोडी रिङ्गरोड अवधारणा अनुसार काम गर्ने, खेलमैदान निर्माण गर्ने, हरेक वडा तथा टोलका बस्तीमा स्वच्छ खानेपानीको व्यवस्था गरिने, बिधुत लाइन बिस्तार, कृषि, पर्यटन, बन वातावरण, स्वास्थ्य, उद्यमशिलता, सरसफाई, लैङ्गगिक समानता तथा सामाजिक समाबेशिकरण, संस्कृति प्रबर्द्धन, खानेपानी व्यवस्थापनका लागि सिचाई पोखरीको व्यवस्थापन गर्ने, एक वडा एक कृषि तथा पशु प्राबिधिक बागचौरको पोहोर ब्यब्स्थापन लगायताका दर्जनौ योजनाहरूको लागि असार मसान्तसम्म बजेट विनियोजन गरिने नगर प्रमुखले बताउनु भएको छ ।


सभामा नगर उप प्रमुख सुम्निमा डिसि वलि निं प्रमुख प्रसासकिय अधिकृत हरि बहादुर कठायत वडा अध्यक्ष कार्यपालिका सदस्य, वडा सदस्य कर्मचारी सुरक्षाकर्मि पत्रकारको उपस्थिति रहेकोे थियोे ।

नगर भित्र छुट्याइएका योजनाहरू लाई संचालन गर्नको लागि आर्थिक वर्ष २०८१/८२ बजेट अनुसार बिनियोजन गर्ने नगर प्रमुखले बताउनु भएको हो।