२२ चैत २०७८, मंगलवार

सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं.१ श्रीनगरमा बोलेरो जिप दुर्घटनामा परेकाे छ।

दुर्घटनामा परि वडा नं.१ दारिमचौर निवासी १८ बर्षिय नारायण वलीको ज्यान गएको इलाका प्रहरी कार्यालय श्रीनगर सल्यानले जनाएको छ ।

शारदा नगरपालिका १ दारिमचौर बाट श्रीनगर तर्फ जादै गरेको भे १ ज ३३६ नम्बरको बोलेरो जिप मंगलवार बिहान ६ बजे दुर्घटना पर्दा जिपका सह चालक वलीको ज्यान गएको हो । दुर्घटनामा घाइते भएका वलीको उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

जिप चालक २१ बर्षिय थल राज वली सामान्य घाइते भएको र उनलाई प्रहरीले नियन्त्रण लिएको छ । घटनाम उद्वारको लागी इलाका प्रहरी कार्यालय श्रीनगर बाट प्रहरी नायब निरीक्षक याम बहादुर बस्नेतको नेतित्त्वमा प्रहरी पुगेको र थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेल लगाएतको टोली घटना स्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।