१६ फागुन २०८२, शनिवार राष्ट्रिय स्वतन्त्र पार्टीका सल्यान जिल्ला का प्रत्यक्ष तर्फका उम्मेदवार ललित चन्द र सामानुपातिक उम्मेदवार खर्क बुरा ले बागचाैरका जनता सँग भेटघाट गर्नुभएको छ। आज बागचौर नगरपालिका वडा नं २ खरिबोटमा सम्पन्न भएको हो । जुन कार्यक्रम मा सभाध्यक्ष बागचौर नगरपालिकाका सभापति विजय ओली रहनुभएको थियो । प्रमुख अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय संस्थापक सदस्य पवनराज देवकोटा रहनुभएको थियो। कार्यक्रमको विशिष्ट अतिथिमा राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान जिल्लाबाट प्रतिनिधि सभा सदस्य पदका प्रत्यक्ष तर्फका उम्मेदवार रहनुभएको ललित कुमार चन्द्र र सल्यान जिल्ला त्रिवेणी गाउँपालिकाका सभापति तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक तर्फका उम्मेदवार वरिष्ठ बाद्यवादक खर्क बहादुर बुरा रहनुभएको थियो ।

साथै जिल्ला कमिटीको टिम र नगर कमिटी टिमसँगै वडा कमिटीको टिम पनि उपस्थिति रहेको थियो।कार्यक्रमको सञ्चालन बागचोर नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव भरत संगम परियारले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य पाँचौं नगरपालिका वडा नम्बर ११ का वडा सभापति भूपेन्द्र खड्काले राख्नुभएको थियो। कार्यक्रममा विभिन्न बाजागाजा सहित र्याली प्रदर्शन गरिएको थियो। अटोमा राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डा राखी श्रीनगर बजारदेखि बाङ्गेलाखुरी बजारसम्म र्याली प्रदर्शन गरिएको हो।
अन्य दलहरूले अझै पनि हामीले हार्न जानेका छैनौं भनाइको प्रतिक्रिया गर्दै उनीहरूले हार्न नजानेका कारणले गर्दा अहिले देशले ३५ वर्षसम्म हारेको कार्यक्रमको विशिष्ट अतिथि रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सल्यान जिल्लाका प्रत्यक्ष तर्फका उम्मेदवार ललित कुमार चन्दले भनाई राख्नुभएको थियो र समग्र सल्यान मात्र नभई सिङ्गो नेपाललाई नै सुन्दर र मर्यादित बनाउनको लागि घन्टीमा मतदान गर्न अपिल गर्नुभएको थियो।

कार्यक्रम का प्रमुख अतिथि केन्द्रीय संस्थापक सदस्य पवनराज देवकोटा ले आफू अभिभावक भएर नयाँ आउने नेता कार्यकर्ताहरूलाई अगाडि बढाउने प्रतिबद्धतासाथ आफू लागिपरेको बताउनुभएको छ।

समानुपातिक तर्फका उम्मेदवार खड्क बहादुर बुरा ले हित गाँउदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई आफ्नो अमूल्य मत दिन र विजय बनाउनको लागि अपिल गर्नुभएको थियो। कार्यक्रममा आज मात्रै ३७ जनाले पार्टी प्रवेश गरेका छन्। कार्यक्रम गाएक शक्ति चन्द को समेत प्रस्तुति रहेको थियो । साथमा आमा समुह को पनि नाँच पर्दशन रहेको थियो ।








