२० माघ २०८२, मंगलवार । सल्यानको शारदा नगरपालिका वडा नं ३ बडाखोला मा बस्दै आएकि मइना बुढाथोकि को घरमा राहात सामाग्री लिएर पत्रकार रुपलाल बुढाथोकि पुगेका छन । आफ्ना पाँच सन्तान गुमाएकि आमाले अहिले सरकारले वितरण गर्ने वृद्ध भत्ता बाट आफ्ना नाति नातिना लाई पालेर बसेकि छिन । उनलाई छाक टार्न कढिन परिस्थिति बनेका बेला राहात सामाग्री सहित सल्यानका एक समाजसेवी पत्रकार रुपलाल बुढाथोकी पुगेका छन । उनले अहिले रु २५,हजार बराबरको राहात सामाग्री सहित पुगेका हुन ।

पत्रकार बुढाथोकी ले जाडो माैसममा तातो कपडा सहित खानालाई चामल दाल लगाएतका राहात सामग्री सहित आमाको घरमा सोमबार उनि पुगेका हुन ।उनको यो समाजसेवी काम प्रति खुसि हुदै स्थानियले उनलाई सम्मान गरेका छन । यस बिचमा वृदआमाको आँखाको खुसि नै आफ्नो खुसि भएको पत्रकार रुपलाल बुढाथोकीले बताएका छन्।








