१ माघ २०८२, बिहिवार सल्यानको शारदा नगरपालिका वडा नं ८ मार्के निवासि पार्वती राणा जस्को आफ्नत भन्ने कोइ छैन । उनि अहिले ७३ वर्षकि भइसकेकि छिन । जसलाइ खाना ,लगाउना मागेर गुजारा चलाउनु परेको थियो । नत बस्नालाई राम्रो बास नै थियो । सधै साँझ सुत्दा रुदै सुत्नु पर्थ्यो भने बिहान उठ्दा पनि आँखामा आसु झार्दै उठ्नुपर्ने अबस्था थियो । उनि ७३ वर्ष भइसक्दा पनि आफु नागरिक भएको कुनै पनि प्रमाण थिएन ।उसो त उनले नेपाल सरकारले वितरण गर्ने वृद्ध भत्ता पनि पाएको थिइन्न ।

उसो त उनले नेपाल सरकारले वितरण गर्ने वृद्ध भत्ता पनि पाएको थिइन्न ।यसै बिचमा समाजसेवी पत्रकार रुपलाल बुढाथोकी ले सामाजिक सञ्जाल फेसबुक मार्फत एउटा भिडियो सार्वजनिक गर्दै लेखेका थिए सक्नुहुन्छ भने सक्दो सहयोग गरेर आमाको नागरिकता बनाउन पहल गर्दिनको लागि स्थानीय सरकारलाई अनुरोध गर्दछु।योसँगै आमाको चौतर्फी चर्चा हुन थाल्यो। र सबैको एउटा मात्र उद्देश्य बन्यो आमाको नागरिकता कसरी बनाउने न त कुनै नाता प्रमाणपत्र छ ,न त कुनै छोराछोरी ,न त कुनै आमाबुबा ,न त कोही आफन्त नै थिए । सामाजिक सञ्जाल फेसबुकमा यो भिडियो देख्न बित्तिकै सल्यानका डिएसपी हेमबहादुर केसी पनि राहत सामग्री सहित आमाको घरमा पुगेका थिए।

स्थानीय सरकारको पहल र पत्रकारहरूको साथ सपोर्टमा आमाको नागरिकता , राष्ट्रिय परिचयपत्र बन्यो ।अब आमाको वृद्धभत्तासमेत आउने भएको छ।बुधबार पत्रकार रूपलाल बुढाथोकीले आमालाई सल्यान श्रीनगर बजारमा ल्याएर सपिङ गराएका थिए। राहत सामग्रीसहित आमाको घरमा नै पुगेका थिए।उनले रु २५००० बराबरको राहत सामग्री वितरण गरेका छन्।

साथै केही दुःख परे आफूलाई फोन गरेर जानकारी गराउनुहुन अनुरोध गर्दै आफू भावुक हुँदै जस्तोसुकै अवस्थामा पनि राहत सामग्रीसहित आमाको घरमा उपस्थिति हुने प्रतिबद्धता गरेका छन्।उनको यो समाजसेवी भावनालाई कदर गर्दै स्थानीयवासीले फुलमाला सहित सम्मान गरेका छन्।सम्मान कार्यक्रममा बोल्दै बुढाथोकीले आफ्नो खुसी भनेको दुःखी, गरिब ,असाहाय ,अशक्त व्यक्तिलाई सहयोग गर्नु रहेको र यो सहयोग गर्दा मनमा हर्ष मिल्ने बताएका हुन् ।उनले कुनै पनि भगवान पुजना मन्दिर धाउनु आवश्यकता नरहेको र यदि साँच्चिकै भगवानलाई मान्नेहरूको लागि यस्ता वृद्ध आमाबुबा तथा अशक्त असायलाई सहयोग गर्दा भगवानले हेर्ने विश्वास राखेका छन्।

पछिल्लो समयमा दुःखी गरिब असाहाय अशक्त व्यक्तिहरूको लागि भगवान बनेर जुनसुकै ठाउँमा पनि राहत सामग्री सहित बुढाथोकी उपलब्ध हुने गर्दछन्