पुष १७ — बागचौर नगरपालिका–७ स्थित भुवनेश्वरी आधारभूत विद्यालयको ६६औँ वार्षिकोत्सव भव्य रूपमा उद्घाटन गरिएको छ।

उद्घाटन समारोह विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख जनकराज गौतम, विशिष्ट अतिथि नगर प्रवक्ता दिपेश डी.सी, वडा नं. ७ का अध्यक्ष प्रेमबहादुर डाँगी, वरिष्ठ शिक्षा अधिकृत नरेन्द्र प्रसाद भट्ट लगायतको उपस्थिती रहेको थियो।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थी, आमा समूह, समाजसेवी र स्थानीय समुदायका सदस्यहरूले सक्रिय सहभागिता जनाएका थिए। वार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रम, गीत–नृत्य, र विद्यार्थी उपलब्धिहरूको प्रस्तुति गरियो, जसले उपस्थित सबैलाई मन्त्रमुग्ध बनायो।

कार्यक्रममा नगर प्रमुख जनकराज गौतमले विद्यालय र वार्षिकोत्सवको महत्वबारे आफ्नो विचार राख्दै विद्यार्थीहरूको उज्जवल भविष्यका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताए।