सल्यान २९— प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारणसभा संस्थाका अध्यक्ष प्रेम बहादुर केसीको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष तोकलाल शर्मा, सचिव पवित्र कुमार केसी, सञ्चालक समिति सदस्यहरू यज्ञ बहादुर चन्द र कृपा राम शर्माको उपस्थिति रहेको थियो।

त्यसैगरी, ऋण समिति संयोजक तुल्सी राम बस्नेत तथा सदस्य चन्द्र बहादुर भण्डारी सहभागी थिए। लेखा समिति संयोजक भोला प्रसाद केसीसँगै लेखा समिति सदस्यहरू अतिराम बस्नेत र भ्यु राज केसीको पनि सहभागिता रहेको थियो।

शिक्षा उपसमितिका सदस्य अंगेश्वर डाँगी कार्यक्रममा सहभागी थिए। कार्यक्रम व्यवस्थापनमा कार्य व्यवस्था उपसमिति सदस्य विष्णु बस्नेत, ऋण उपसमिति सदस्य देबिलाल सुनार र हिरालाल बस्नेत सक्रिय रूपमा लागेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य सञ्चालक समिति सदस्य यज्ञ बहादुर चन्दले राखेका थिए भने कार्यक्रम सञ्चालन सचिव पवित्र कुमार केसीले गर्नुभएको थियो। त्यस्तै, शुभकामना मन्तव्य संस्थाका सल्लाहकार टेक बहादुर डिसीले दिनुभएको थियो।

साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक विवरण तथा आगामी कार्ययोजना प्रस्तुत गरिएको थियो। वक्ताहरूले सहकारी संस्थाले सदस्यहरूको आर्थिक सशक्तीकरण र बचत संस्कृतिको विकासमा महत्वपूर्ण भूमिका खेलेको बताए।

साधारणसभाले आर्थिक प्रतिवेदनसहित विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।









