सल्यान २७ — जिल्लाको बागचौर नगरपालिका–७ टाट्केमा बृहत् खेलकुद पौराणिक टाट्के मेला तथा प्रथम स्वर्गीय कविराम खड्का कप–२०८२ आयोजना हुने भएको छ। स्थानीय खेलकुदको प्रवर्द्धन तथा युवा प्रतिभा उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिता अन्तर्गत खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र हाजिरजफाब प्रतियोगिता (.मा.वि. स्तर) सञ्चालन गरिनेछ। खुला पुरुष भलिबलतर्फ प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो हुनेले १५ हजार रुपैयाँ र तेस्रो हुनेले १० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र पाउनेछन्। यस विधाको दर्ता शुल्क २५०० रुपैयाँ तोकिएको छ।

त्यसैगरी हाजिरजफाब प्रतियोगितातर्फ प्रथम हुनेले २ हजार ५०० रुपैयाँ, दोस्रोले २ हजार रुपैयाँ र तेस्रोले १ हजार ५०० रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। यस प्रतियोगिताको दर्ता शुल्क २५० रुपैयाँ राखिएको छ।

उत्कृष्ट आत्मा समूहलाई ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ। टिम दर्ता मिति २०८२ साल माघ ७ गते दिउँसो १२ बजेसम्म तोकिएको छ।

खेल सञ्चालन मिति २०८२/०९/०७ देखि १० गतेसम्म रहनेछ भने प्रतियोगिता स्थल बाल कन्या माध्यमिक विद्यालयको प्राङ्गण, बागचौर नगरपालिका–७ टाट्के रहेको छ।

खेलाडीहरूले जन्मदर्ताको फोटो कपी तथा नागरिकताको फोटो कपी अनिवार्य रूपमा बुझाउनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगिताको आयोजना साथीमाई इन्स्टिच्युट प्रा.लि. ले गरेको हो।

थप जानकारीका लागि सम्पर्क नम्बर ९८४२७२३७८५ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ।