सल्यान, २०८२ मंसिर ७
शहीद ओम प्रकाश चन्दको २७औँ स्मृति दिवस आज कोटमौला, सल्यानस्थित शहीदको घरमा एक विशेष समारोहका साथ सम्पन्न भयो। कार्यक्रमको आयोजना शहीद परिवार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वडा नम्बर ८ वडा समितिले गरेको थियो।

समारोहमा नेपाली कम्युनिष्ट पार्टी एकता महाधिवेशन आयोजक समिति केन्द्रिय सदस्य टेक बहादुर बस्नेत, नेकपा केन्द्रीय सदस्य लोकबहादुर डाँगी, बागचौर नगर कमिटी अध्यक्ष शोभराम भण्डारी, बुद्धिजीवी तथा निबिर्त शिक्षक यज्ञ बहादुर चन्द, भीम बहादुर चन्द, शहीद परिवारका सदस्य केसबहादुर बस्नेत, तरादेव नेपाली, सुनिता बि क, प्रेस युनियन सल्यानका अध्यक्ष लोकमान चन्दलगायत नेतृवर्ग तथा गणमान्य व्यक्तिहरूले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
कार्यक्रममा ईष्टमित्र, स्थानीय दाजुभाइ–दिदीबहिनी तथा कोटमौला गाउँबासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले शहीद ओम प्रकाश चन्दको योगदान, आदर्श र बलिदान भावी पुस्ताका लागि मार्गदर्शक रहेको उल्लेख गर्दै उहाँका सपना पूरा गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरे।
शहीद ओम प्रकाश चन्दको जन्म २०३६ साल असार १४ गते भएको थियो भने २०५५साल मंसिर ७ गते हिउल्चा खैराबाङ, सल्यानमा उहाँले शहादत प्राप्त गरेका थिए।
कार्यक्रम अध्यक्ष शहीद ओम प्रकाश चन्दका दाजु ध्वज बहादुर चन्द रहनु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य चित्रा चन्दले राख्नुभयो भने कार्यक्रमको सहजीकरण रोमु शाहीले गर्नुभएको थियो।







