सल्यानको बागचोर नगरपालिका वडा नम्बर ७ मा लाग्दै आएको परम्परागत पौराणिक त्रिवेणी मेला भव्यताका साथ उद्घाटन भएको छ ।उद्घाटन कार्यक्रममा विभिन्न कलाकार पत्रकार तथा नगरवासी उपस्थिति हुनुहुन्थ्यो।।

उक्त कार्यक्रममा प्रमुख अतिथिको आसन ग्रहण राष्ट्रिय कलाकार शक्तिचन्दको रहेको थियो। सभाध्यक्ष रमेश चन्द्रको रहेको थियो। विशिष्ट अतिथि प्रधान अध्यापक चक्रपानी गौतमको रहेको थियो।।प्रमुख अतिथिको आसन ग्रहण गर्नुभएका शक्तिचन्द्रले समाजको रीतिरिवाजलाई झल्काउनको लागि यस्ता कार्यक्रम गर्नुपर्ने भएको बताउनुभएको छ साथै अर्को वर्ष यो कार्यक्रम अझ भव्यताका साथ सम्पन्न गर्ने बताउनुभएको छ।

उक्त कार्यक्रममा भलिबलतर्फ १९ वटा टिमबीच प्रतिस्पर्धा हुँदैछ। उद्घाटन सत्रको खेल आयोजक Bर नगरपालिका ११ बीच प्रतिस्पर्धा भएको छ ।