कार्तिक ३०,जाजरकोटको शिवालय गाउँपालिकामा परापुर्वकाल देखि लाग्दै आएको ऎरेलि मेलाको अवसरमा शिवालय मेला व्यवस्थापन समितीको आयोजना आगामि मङ्सिर ६ गते बाट खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
आगामी मंसिर ५ गतेदेखि लाग्ने ऐरेली मेलाको अवसरमा“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नाराका साथ शिवालय गाउँपालिका–३ ऐरेली बजारमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने मेला व्यवस्थापन समितिका संयोजक टेक बहादुर बुढाले जानकारी गराएका हुन् । उनका अनुसार खुल्ला पुरुष भलिबल प्रतियोगिता यहीँ मिति २०८२ मङ्सिर ६ गते बिहान ९:०० बजे बाट खेल सुरु हुने बताइएको छ ।
ऎरेलि मेलाको अवसरमा हुन लागेको उक्त प्रतियोगिताको प्रथम पुरस्कार राशी १ लाख १ हजार १ सय ११ रुपैयाँ नगद साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ । द्वितीय पुरस्कार राशी ६० हजार १ सय ११ रुपैयाँ साथमा सिल्ड मेडल र प्रमाणपत्र साथै तृतीय हुनेले तृतीय पुरस्कार राशि ४० हजार १ सय ११ रुपैयाँ नगद साथमा सिल्ड, मेडल र प्रमाणपत्र हात पार्ने छन् । टिम दर्ता शुल्क ५ हजार रहेको छ । खेलाडिले आफ्नो टिम दर्ता मङ्सिर ६ गते बिहान ८:०० वजे सम्म गराउन सक्ने छन् ।
खेलाडीले खान बस्नको व्यवस्था स्वयम आफैले गर्नु पर्ने आयोजकले जानकारी गराएको छ । साथै खेलाडी अनिवार्य खेल पोशाकमा हुनु पर्ने छ ।
सम्पर्क व्यक्ति र सम्पर्क नम्बरहरु
संयोजक – टेक बहादुर बुढा
मोबाइल नम्बर -९७६२०३७८२६
सदस्य -सुरेन्द्र कुमार नेगि (शेर)
मोबाइल नम्बर – ९७६९२६७८४१
सदस्य – बालकृष्णा रोकाय
मोबाइल नम्बर -९८६८३७४२४४







