सल्यान -२३ कार्तिक – राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, जिल्ला शाखा सल्यानको छैटौँ जिल्ला अधिवेशन शनिबार बागचौर नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।
अधिवेशनको उद्घाटन सत्र कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले गर्नुभएको थियो। प्रमुख अतिथिको रूपमा मन्तव्य व्यक्त गर्दै मन्त्री अधिकारीले लोकदोहोरी प्रतिष्ठानले परम्परागत सांस्कृतिक सम्पदाको जगेर्ना गर्दै नयाँ सांस्कृतिक मूल्यको सिर्जनामा योगदान गरिरहेको बताउनुभयो।
उहाँले संस्थाले स्थानीय प्रतिभा उजागर गर्न, समुदायमा सांस्कृतिक एकता कायम गर्न र मौलिक पहिचान संरक्षण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो।

नयाँ कार्यसमितिका पदाधिकारीहरू अध्यक्ष मातृकाप्रसाद डि.सी. प्रथम उपाध्यक्ष: दीपा वली द्वितीय उपाध्यक्ष मानबहादुर खत्री महिला उपाध्यक्ष सुशीला बुढा सचिव: प्रकाश बिहानी सह–सचिव कमल खड्का कोषाध्यक्ष मनबहादुर बि.क.सह–कोषाध्यक्ष: रजनी डाँगी ओली सदस्य प्रेम चलाउने, दिलीप परियार, लक्ष्मी बस्नेत, मानबहादुर घर्ती मगर र रिता योगी उद्घाटन सत्रपछि भएको बन्द सत्रबाट मातृकाप्रसाद डि.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सदस्य खड्ग बुढा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल र नेपाली कांग्रेसका महासमिति सदस्य सुधन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
राति अबेरसम्म चलेको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन गर्दै अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ।








