सल्यान असोज ३१, — दार्मा गाउँपालिका–३, फारुलाचौरमा हिलेखाली मेला व्यवस्थापन समितिको आयोजनामा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ हिलेखाली मेलाको अवसरमा दुई लाख रुपैयाँभन्दा बढी पुरस्कार राशिको खुल्ला पालिका स्तरीय भलिबल प्रतियोगिता २०८२ साल कार्तिक ७ गतेदेखि भव्य रूपमा सुरु हुने भएको छ।

यो मेला खेल, संस्कृति र समुदायबीचको मेलबन्धनको प्रतीकका रूपमा हरेक वर्ष मनाइँदै आएको छ। यस वर्षको मेलामा खेलकुदलाई मुख्य आकर्षणका रूपमा राखिएको छ। खेलमार्फत युवामा अनुशासन, एकता र सकारात्मक सोच विकास गर्ने उद्देश्यले भलिबल प्रतियोगिता विशेष महत्त्वका साथ आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

आयोजक समितिका अनुसार प्रतियोगिता खुल्ला पालिका स्तरीय रहनेछ र प्रत्येक टिममा ३ जना राष्ट्रिय स्तरका खेलाडी समावेश गर्न पाइने व्यवस्था गरिएको छ। यसले प्रतियोगितालाई अझ प्रतिस्पर्धात्मक र रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

मेलाको अवधिभर स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, नाच–गान र मनोरञ्जनात्मक कार्यक्रमहरू पनि सञ्चालन गरिने छन्। आयोजकका अनुसार हिलेखाली मेला यस वर्ष खेलकुद र संस्कृतिको संगम स्थलका रूपमा रहनेछ।
📍 स्थान: फारुलाचौर, दार्मा गाउँपालिका–३, सल्यान
🗓 सुरुवात मिति: २०८२ साल कार्तिक ७ गते
पुरुष भलिबल प्रतियोगिता (खुला पालिका स्तरीय)
🏅 प्रथम पुरस्कार : रु. २,११,१११
🥈 द्वितीय पुरस्कार : रु. १,११,१११
🥉 तृतीय पुरस्कार : रु. ५०,००१
सेमिफाईनल पुग्ने टिमलाई रु. ३१,१११।
दर्ता शुल्क: रु. १०,०००
महिला भलिबल प्रतियोगिता
🏅 प्रथम पुरस्कार : रु. ५१,१११
🥈 द्वितीय पुरस्कार : रु. ३१,१११
🥉 तृतीय पुरस्कार : रु. ११,१११
दर्ता शुल्क: रु. ३,०००
खुल्ला ब्याडमिन्टन प्रतियोगिता
विजेता रु. २०,०००, उप विजेता रु. १०,०००, दर्ता शुल्क रु. १०००,
खुल्ला लोकदोहोरी प्रतियोगिता
प्रथम पुरस्कार रु. ५०००,
द्वितीय रु. ३०००,
दर्ता शुल्क रु. ५००,
स्साकसी प्रथम पुरस्कार रु. ५०००,
द्वितीय पुरस्कार रु. ३०००,
तृतीय पुरस्कार रु. २०००,
दर्ता शुल्क रु. ५००,
* भाले ताग्ने कार्यक्रम पुरस्कार रु. २०००, शुल्क रु. १००,
* घैटो फोर
पुरस्कार रु. २०००,
दर्ता शुल्क रु. २००
📞 थप जानकारीका लागि सम्पर्क:
9863128700 / 9842312250 / 9829865103 / 9844904426








