सल्यान — बागचौर नगरपालिकामा दोस्रो संस्करणको बागचौर प्रिमियर लिग (BPL Season–2) 2082 आयोजना हुने भएको छ। युवाहरूबीच खेलकुदको माध्यमबाट आपसी एकता र प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले युवा विद्यार्थी समाज, बागचौर–सल्यानको आयोजनामा यो प्रतियोगिता हुने बताइएको छ।

प्रतियोगिता जनकल्याण नमूना माध्यमिक विद्यालय, बागचौर–२ थारमारेमा असोज २६ गतेदेखि कार्तिक ६ गतेसम्म सञ्चालन हुनेछ।

यस प्रतियोगितामा विजेता टोलीले रु. ५१ हजार नगद, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उप–विजेता टोलीले रु. ३१ हजार नगद पुरस्कार पाउनेछन्। सहभागी टिमका लागि दर्ता शुल्क रु. ६ हजार तोकिएको छ।

प्रतियोगितामा सहभागी टिमहरूले निर्धारित नियम अनुसार खेल खेल्नुपर्नेछ। खेलका सबै नियमहरू ICC का मापदण्डअनुसार रहने आयोजक समितिले जनाएको छ। टिम दर्ता गर्ने अन्तिम मिति असोज २५ गते साँझ ५ बजेसम्म निर्धारण गरिएको छ।

बिस्तृत जानकारीका लागि सम्पर्क व्यक्ति —
१. याम्पी खड्का  (मो. ९८६२८८५७२२)
२. कमल खड्का  (मो. ९८६५२३४०४८)