१ असार २०८२, आइतवार,नेविसंघ राप्ती इन्जिनियरिङ कलेज इकाइ कमिटीको आयोजनामा घोराहीमा उपमहानगरपालिका वडा नं १६ मा स्वास्थ्य सिविर सम्पन्न

कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष तारा डाँगी प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिमा नेपाल विद्यार्थी संघ दाङका सभापति कुलराज प्रोखरेल रहनुभएको थियो।

कार्यक्रममा नेविसंघ घोराही संयोजक बिजय बिष्ट, डेन्टल सर्जन डा.रोजिना अधिकारी , दाङ जिल्ला सभापति कुलराज प्रोखरेल , घोराही उपमहानगरपालिका वडा नं १६ का अध्यक्ष तारा डाँगी लगायत ले मन्तव्य राख्नुभएको थियो।

नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ कमिटी सभापति अमृत रावत को अध्यक्षता र नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ कमिटी उपसभापति सबिन्द्र शाही को स्वागत मन्तव्यसँगै कार्यक्रम संचालन नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ कमिटी उपसभापति दिलु नाथ योगी ले गर्नुभएको थियो।

निराशिज युथ फाउन्डेसनको सहयोगमा सम्पन्न शिविरमा डेन्टल सर्जन रोजिना अधिकारीले सेवा दिनुभएको थियो भने करिब १३० जनाले दन्त र छाला सम्बन्धि स्वास्थ्य सेवा लिएका थिए।

कार्यक्रममा नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज इकाइ कमिटी उपसभापति आषिस लामिछाने, सदस्य मुस्कान गिरी, उपसभापति प्रशान्त श्रेष्ठ, सचिव सविन्द्र शाही , अम्बिकेश्वरी केम्पस निवर्तमान स्ववियु सभापति रन बहादुर खड्का , रुटिन अफ रुकुम एडमिन नविन गौतम, लगायत ले अतुलनीय योगदान गर्नु भयोे।